हाम्रो विधि/Our Method
मौनता ताेड्नु जोखिमयुक्त प्रयास हो । यसले जति पीडा समन गर्नसक्छ त्यति नै चोट पुर्याउने शक्ति पनि यसमा छ । नेपालमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित यौन तथा लैङ्गिक हिंसाका असरहरुबारे हामीले अझ राम्रोसँग जानौं र बुझौं भनेर आफ्ना कथाहरु यस मञ्चमा राख्ने साहसी महिलाहरुप्रति हामी सबै ऋणी छौं ।
Breaking silence is a risk-taking effort. As much as it may heal, it also has the power to hurt. We all owe a debt of gratitude to the courageous women who share their stories on this platform so that we may better know and understand the impacts of conflict-related sexual and gender-violence in Nepal.
नोभेम्बर २–९, २०१७ मा काठमाडौंमा “म र मेरो कथा” शीर्षकको परामर्श कार्यशालाका सहजकर्ताहरुले पीडितहरुसँग काम गर्नका लागि र यौन अपराधका व्यक्तिगत कथाहरुको अभिलेखीकरण गर्ने कार्यमा असल अभ्यासहरु अलवम्बन गर्न विशेष सावधान रहे । विद्युतीय कथन प्रक्रिया अवधिभर सहभागीहरुका लागि परामर्शदाताहरुको व्यवस्था गरिएको थियो, जसले पहिलो–व्यक्तिको विवरण अर्थात “मेरो" कथा बताउने कार्यको चुनौतीमाथि जोड दिने काम गर्छ । कथावाचकहरुले सार्वजनिक रुपमा प्रस्तुत गर्न द्वन्द्वसँग सम्बन्धित अन्याय, परिवर्तन, रुपान्तरण, उत्थानशीलता र संगठनका कथाहरु पहिचान गरे । कथावाचकहरुलाई प्रत्यक्ष प्रविधिमा प्रशिक्षण पनि प्रदान गरिएको थियो, उनीहरु मध्ये केहीले यस अघि कम्प्यूटर कहिल्यै प्रयोग गरेका थिएनन् । कार्यशालाको क्रममा सबैले आफ्नो विद्युतीय कथाको कम्तीमा पनि मसौदा सफलतापूर्वक पूरा गरे ।
The facilitators of the "Me & My Story" workshop on November 2 through 9, 2017, in Kathmandu, took particular care to integrate best practices for working with survivors and documenting personal stories of sexual crimes. Counselors were available to participants as they progressed through the digital storytelling process, which emphasizes the challenging task of telling the first-person account--the "me" story. Storytellers identified stories to share publicly of injustice, change, transformation, resilience and agency in relation to the armed conflict. Hands-on technology tutorials were provided for storytellers, some of whom had never turned on a computer before. All successfully completed at least a rough edit of their digital story during the workshop.
विद्युतीय कथन व्यक्तिगतका साथै सिर्जनात्मक प्रक्रिया भएकाले “कसैको काममाथि आफ्नो निर्णय नसुनाउने” र अनुवादक तथा अतिथिसहित सहभागी सबैका लागि स्वःहेरचाह र गोपनियताको महत्व कुरालाई कार्यक्रमका लागि तय गरिएको नियममा जोड दिइएको थियो । कथा र त्यसको प्रयोगमाथि पीडितको स्वामित्वमाथि जोड दिन प्रक्रियावधिभर सुसूचित सहमतिको मुल्याङ्कन् भयो र सार्वजनिक रुपमा खुलस्त गर्ने कार्यसँग सम्बन्धित जोखिमको समीक्षा पनि गरियो । सबै यौन हिंसा पीडितहरुले आफ्नो पहिचान सार्वजनिक नगर्ने विकल्प छनौट गरे, जसले यो दशक लामो अपराधसँग जोडिएको सामाजिक लान्छना विद्यमान रहेको तर्फ संकेत गर्दछ । आफ्ना पहिचानहरु लुकाउन आवश्यक भएकाहरुले आफ्नो कथा वर्णन् गर्न र उनीहरुको आवाजलाई दबाउने काम गरेको विद्यमान पितृसत्तात्मक संरचनाहरुलाई चुनौती दिने अन्य सिर्जनात्मक विधिको प्रयोग गरे ।
Because digital storytelling is a personal as well as a creative process, ground rules stressed "no judgment" and the importance of self-care and confidentiality for everyone participating, including translators and guests. Informed consent was reviewed throughout the process to stress the survivor's ownership of the story and its use, as well as to assess risks associated with public disclosure. All of the sexual violence survivors chose not to reveal their identity, speaking to the continued stigma this decade-old crime continues to carry. Those who needed to hide their identities used other creative methods to tell their story and challenge existing patriarchal structures that have silenced their voices and suppress their stories.