मैले मेरो मौनता तोडें र दिदिबहिनीको साथ पाएँ ।
I broke my silence and found a sisterhood.

 

हाम्रा कथनहरुले अर्थ राख्छन् र यसलाई मान्यता प्रदान गरिनुपर्छ ।

Our stories matter and must be counted. 

 

 

महिला, विशेषगरी नेपालमा २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वमा यौन हिंसाको सामना गरेका महिलाका अनुभवलाई पूर्ण रुपमा स्वीकार गरिएको छैन । प्रायः पीडित तथा प्रभावित महिलाहरुलाई आफ्ना भोगाईहरु वर्णन गर्न अघि आउँदा चुप लगाइदिने, उनीहरुको कुरामा विश्वास नगर्ने,लाञ्छित हुनुपर्ने  वा दण्डित गर्ने गरिन्छ ।

सशस्त्र द्वन्द्वसँग सम्बन्धित यौन हिंसाका घटनाको अभिलेखीकरण निकै कम रुपमा भएका छन् भने सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका उजुरीको संख्या पनि कम छ । त्यसमाथि अझै पनि धेरै पीडितहरुको न्याय पाउन नसकेको अवस्था चिन्ताजनक छ ।
 

The experiences of women, especially those who suffered sexual violence, have not been fully acknowledged as part of the history of Nepal's armed conflict from 1996 to 2006. Too often women survivors and victims are silenced, disbelieved, stigmatized or punished when they do come forward to share their accounts.

Too few cases of conflict-related sexual violence have been documented and reported to the Truth and Reconciliation Commission (TRC), raising concerns that many survivors continue to face barriers to accessing the justice due to them.

 

पूर्व–घोषणा (डिस्क्लेमर)

यी कथाहरु सशस्त्र द्वन्द्वबाट पीडित तथा प्रभावित महिलाहरु आफैँले लेख्नुभएको हो । आफ्ना कथाको वर्णन गर्ने काम र त्यसलाई डिजीटल स्वरुपमा उतार्ने काम पनि उहाँहरु आफैंले गर्नुभएको हो । यो बेवसाइटमा यी कथाहरुको प्रस्तुतिका लागि उहाँहरुले अनुमति प्रदान गर्नुभएको छ । नेपालमा २०५२ देखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वका बेला र त्यसकै कारण यौन तथा लैंगिक हिंसा भोग्न बाध्य नेपाली महिलाहरुको आवश्यकताका लागि पैरवी गर्नु नै यो पहलको प्रयोजन रहेको छ ।  सत्य, न्याय, आत्मसम्मान र परिपूरणका लागि सबल वातावरण बनाउन यो कथनमार्फन पीडित तथा प्रभावित महिलाले मौनता तोड्ने उद्देश्य लिनुभएको छ ।


वेपत्ता पारिएका आफ्ना परिवारका सदस्यहरुको अवस्थाबारे महिलाहरु सत्यको पर्खाइमा छन् ; पूर्व लडाकुहरु सामाजिक बहिष्करण विरुद्ध संघर्षरत छन् ; यातना, बलात्कार र यौन हिंसाका पीडित द्वन्द्वपीडितको पहिचानका लागि आवाज उठाइरहेका छन् । आफ्नो र आफ्ना छोराछोरीको स्वास्थ्य समस्या, सामाजिक हेयभाव, मनोसामाजिक आघात र शिक्षा तथा जीविकोपार्जनमा क्षतिको सामना गरिरहेका छन् ।


यी कथाहरु सुनेर तपाईंले नेपालमा सशस्त्र द्वन्द्वबाट प्रभावित र पीडित महिलाहरुको सत्य, न्याय, आत्मसम्मान र परिपूरणको अधिकार र आवश्यकताबारेको चेतनालाई विस्तार गर्न सहयोग पुर्याउँदै हुनुहुन्छ ।


 

DISCLAIMER

The stories on this site are written, produced and told by survivors themselves and are posted here with permission. This initiative is intended to advocate for the needs of the survivors and victims of sexual and gender based violence in Nepal and is not directed to any of the parties of the armed conflict from 1996 to 2006. The women victims and survivors break their silence collectively through these stories to create an enabling environment for the Truth, Justice, Dignity and Reparations.

Women continue to await the truth about their disappeared family; former combatants struggle against societal exclusion; torture, rape and sexual violence victims are raising their voice to be recognizes and victims of armed conflict. The survivors and their children experience health problems, stigma, psychological trauma; and loss of education and livelihood.

By listening to these stories, you are helping to amplify awareness about the rights and needs of women survivors and victims of armed conflict in Nepal for the Truth, Justice, Dignity and Reparations.

 

 

हाम्रो सन्देश

नेपालका महिलाहरु सशस्त्र द्वन्द्वबाट विभिन्न तरिकाले पीडित तथा प्रभावित भएका छन् र ती प्रभावहरु आजसम्म पनि विद्यमान छन् । नेपालको सशस्त्र द्वन्द्वका क्रममा र त्यसपछिका दिनहरुमा पनि यौन र लैंगिक हिंसाको सामना गरेका नेपाली महिलाहरुका लागि सत्य, न्याय,परिपूरण र आत्मसम्मानको आवश्यकताबारे हाम्रो संयुक्त सन्देश पढ्नुहोस् । 

Our Message

The women of Nepal have suffered in multiple ways from the armed conflict, and those impacts continue until today. Read our joint message about the need for truth, justice, dignity and reparations for Nepalese women who faced sexual and gender-based violence during and after Nepal's armed conflict.

Read It Now →

 

हामीसँग आवद्ध हुनुहोस् ।

तपाईंले केही फरक पार्न सक्नुहुन्छ । नेपालमा सशस्त्र द्वन्द्वबाट पीडित र प्रभावित  महिलाहरुको अनुभव तथा आवश्यकताहरुबारे आवाज उठाएर तपाईंले उनीहरुको कथनलाई व्यापक बनाउन मद्दत गर्नुहुनेछ ।  
 

Join Us

You can make a difference. In raising your voice about the experiences, urgent needs and long-term interests of women survivors and victims of armed conflict in Nepal, you help to amplify their stories.  

Find Out How →